• २०८३ बैशाख १९ गते शनिवार

९२ लाख रुपैयाँसहित काठमाण्डौबाट तीन जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १०, काठमाडौं । प्रहरीले ९२ लाख रुपैयाँ नगदसहित काठमाण्डौबाट तीन जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रवि धमला, जीतबहादुर तामाङ र सन्तोष खातीलाई पक्राउ गरिएको हो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरूको साथबाट ७७ लाख र पछि १५ लाख गरी ९२ लाख रुपैयाँ नगद बरामद भएको हो ।

स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस