• २०८३ बैशाख १४ गते सोमवार

प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ ।

“आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !!” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस