• २०८३ जेष्ठ ९ गते शनिवार

मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ४,काठमाडौँ । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ :३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो ।

यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस