• २०८३ बैशाख २५ गते शुक्रवार

आजको मौसमः कर्णालीबाहेक सबै प्रदेशमा मुख्यतया सफा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, काठमाडौं । आज (बुधबार) कर्णालीबाहेक बाँकी ६ वटै प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेनिटअनुसार आज दिउँसो तथा राति दुवै समय कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।

तर आज दिउँसो कर्णालीका प्रदेशमा हिमाली र पहाडी क्षेत्रमा मौसम आंंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिलाई भने कर्णाली प्रदेशमा पनि मौसम मुख्यतया सफा रहने जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस