मंसिर ७, काठमाडौं । काठमाण्डौ महानगरपालिकाको कार्यालय रहेको काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ उपलब्ध हुने भएको छ । आजदेखि बेलुकी साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि उपलब्ध हुने महानगरले जनाएको छ ।

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यो सुविधापछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत ठाउँको यातायात आवागमन र पार्किङ्मा सहजता हुने बताउनु भयो ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्ने जानकारी दिनुभयो ।
