कात्तिक १२, काठमाडौं । सुनको मूल्य आज उच्च मूल्यबाट तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर अहिलेसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको सुनको मूल्य आज चार सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेकाे छ । चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।