• २०८३ बैशाख २२ गते मङ्गलवार

नवलपुरको दुम्कौलीमा जङ्गली च्याउ खाएका एकैघरका ५ जना बिरामी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, नवलपरासी। नवलपरासी बर्दघाट सुस्तापूर्वमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीका एकै घरका पाँच जना जङ्गली च्याउको तरकारी खाँदा बिरामी परेका हुन् ।

गएराति धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिङ्गाटा लाग्ने जस्ता लक्षण देखिएको छ । च्याउ खाँदा बाबुलाल राजवंशी, रनमाया राजवंशी, धनमाया राजवंशी, मदन राजवंशी र रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामी परेका सबैको चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस