• २०८३ असार ६ गते शनिवार

मन्थली–काठमाण्डाै सडक अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, रामेछाप । लगातारको वर्षाका कारण गएको शनिवार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको मन्थली–काठमाण्डाै सडक आज बिहानदेखि अवरुद्ध भएको छ । दोलखाको मेलुङ गाउँपालिकामा रहेको मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा सडक भासिएपछि गाडी आवागमन अवरुद्ध बनेको हो ।

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाण्डाैसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाण्डाै आवतजावत गर्ने गरी बाटो खुलाइएको थियो ।

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुङ्गाका विभिन्न भागबाट काठमाण्डाै जाने र ती ठाउँका लागि काठमाण्डाैबाट छुटेका मालवाहक र यात्रुवाहक गाडी रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस