साउन ८, काठमाडौं । मदन भण्डारी मेमेरियल कलेजले डिजिटल उपभोक्ता अधिकार र साइबर सुरक्षा जागरुकता कार्यक्रम श्रावण ९ गते गर्ने भएको छ । करिव २२५ भन्दा बढिको सहभागी हुने कार्यक्रममा डिजिटल उपभोक्ता अधिकार र साइबर सुरक्षा जागरुकता सम्बन्धमा जानकारी दिइने मदन भण्डारी मेमेरियल कलेज स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी प्रमुख फुलबाबु झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मदन भण्डारी मेमेरियल कलेजका अध्यक्ष महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एमबीएमसीबाट १७५ विद्यार्थी, केसीटी कलेजका १० विद्यार्थी, पाटनबाट ५ विद्यार्थी, ५ जना प्रतिनिधि, सिएस्आइटी संघ, सिएएन प्रतिनिधि, आइसिटी उद्यमी, डिजिटल नेपाल प्रतिनिधि, रूसी आइसिटी प्रतिनिधिहरू र अन्य आइसिटी सफ्टवेयर र हार्डवेयर प्रतिनिधिहरूको सहभागी रहने छ ।
कार्यक्रम श्रावण ९ गते दिउँसो २ बजे कमलादी स्थित रसियन कल्चर सेन्टरमा हुनेछ । कार्यक्रममा विषयविज्ञहरुले आ-आफ्ना विषयमा विभिन्न चरणमा अन्तरक्रिया गर्नुहुनेछ ।
