• २०८३ बैशाख १५ गते मङ्गलवार

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस