भाद्र ४, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका—१२ मा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार तुलसीपुर उपमहानगरपालिका—१२ कुईरेपानी निवासी ३१ वर्षीया बृहस्पती चौधरीलाई घरको दोस्रो तलामा सुतिरहेको बेलामा सर्पले टोकेर मृत्यु भएको हो । उनको अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।