• २०८३ बैशाख २४ गते बिहिवार

कीर्तिपुरमा बस दुर्घटना, एक जनाकाे मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, काठमाडौँ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने यात्रुवाहक बस दुर्घटना भएकाे छ । बा३ख २०२७ नम्बरको बस दुर्घटना  हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ११  जना घाइते भएका छन ।

दुर्घटना स्थलबाट उद्धार गरेर थप ८ जना घाइतेहरूलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ । घाइते हुनेमा नेपालगञ्ज घर भएकी २२ वर्षीया सुस्मा खड्का, बर्दिया घर भएका १८ वर्षीय रमित थापा, २० वर्षीय किशोर थापा, झापा घर भएका ध्रुब बुढाथोकी, डडेलधुरा घर भएका डमर खड्का र चन्दा बोहरा छन् । त्यस्तै नबिना खड्का, गंगाराम भट्ट र बाजुरा घर भएका २५ वर्षीय नरेशराज न्यौपाने छन् । उनीहरूको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार हुँदै छ ।

बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामाका ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस