बैशाख २०, काठमाडौं । तारकेश्वर नगरपालिका वडा न ३ तिनपिप्लेमा तारकेश्वर युवा क्लबले बैशाख २२ गते शनिवार रक्तदान कार्यक्रम आयोजना गर्दैछ । कलबले उक्त दिन रक्तदान र दन्त शिविर आयोजना गरेको हो ।

तारकेश्वर युवा क्लब, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल र ट्रु स्माईल डेन्टलको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम शनिवार बिहान १० बजेबाट कालिका शरण माध्यामिक विद्यालयमा हुन लागेको क्लबका अध्यक्ष प्रज्वल लामाले बताए ।
अध्यक्ष लामाले उक्त कार्यक्रममा रक्तदान गरि पुन्य कमाउन सबैलाई युवाहरुलाई अनुरोध गरेका छन । साथै उनले दन्त सेवा लिनहुन सम्पुर्ण बालबालिका तथा वृद्दवृद्दाहरुलाई समेत अनुरोध गरेका छन ।