• २०८३ बैशाख २६ गते शनिवार

राप्रपा सांसदविरुद्ध पक्राउ पुर्जी जारी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौँ । सहकारी ठगीमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नवलपरासी पूर्व (नवलपुर) स्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि उनीविरुद्ध प्रहरीको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

बस्नेतको समूहले सो सहकारीबाट करिब डेढ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ। सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस