वैशाख १७, काठमाडौँ । गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो ।
थुप्रै गीतका गायक लोहनी फिल्म ‘माइतीघर’का नायक पनि हुन् ।