चैत २५, काठमाडौं । चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । आइतबार मन्त्रिपरिषद्ले गरेका १५ निर्णय सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषद्ले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वतः खारेज हुने गरी दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

