• २०८३ जेष्ठ २१ गते बिहिवार

वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्धा दायर

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ । विहिबार अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेशसभा सदस्य जीवन बहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

आरोप पत्र

मिति २०८०।१२।२२ जीवन बहादुर शाहीसमेत

Sharing

प्रतिक्रिया दिनुहोस