• २०८३ बैशाख २५ गते शुक्रवार

आईपीएल : आज दिल्ली र कोलकोता खेल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २१, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ। विकासापटनममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ।

यस सिजनमा कोलकोताले आफ्ना सुरुवाती दुवै खेल जितेको छ भने दिल्लीले ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

दिल्लीले पञ्जाव किंग्स र राजस्थान रोयलसँग हार बेहोरेको थियो भने पछिल्लो खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो। त्यस्तै कोलकोताले भने सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस