चैत १२, काठमाडौ । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरेको हो।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आइतबार टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो। गुजरातका साई सुदर्शनले सर्वाधिक ४५ रन प्रहार गरे। ३९ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। राहुल तेवतियाले १५ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाउँदा राशिद खान ४ र विजय शंकर ६ रनमा अविजित रहे।
मुम्बईका जुसप्रीत बुमराहले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १४ रनमात्रै खर्चिए। जेराल्ड कट्जीले २ विकेट लिँदा पियुष चावलाको नाममा १ विकेट रह्यो।