• २०८३ बैशाख २९ गते मङ्गलवार

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सबन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन । अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

साथै, आ.ब. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस