• २०८३ जेष्ठ ६ गते बुधवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रतिनिधिसभामा २१ सांसद रहेको रास्वपाका चार मन्त्री सरकारमा सहभागी छन्। गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग सहकार्य गरेका प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन्।

Sharing

प्रतिक्रिया दिनुहोस