• २०८३ जेष्ठ ४ गते सोमवार

टस जितेको नेपालले हङकङविरुद्ध बलिङ गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं ।  त्रिकोणात्मक श्रृङ्खलामा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।

आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण टी-२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ।

बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

Sharing

प्रतिक्रिया दिनुहोस