• २०८३ बैशाख २९ गते मङ्गलवार

आईसीसी विश्वकप लिग टू : नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल १ सय ७२ रनमा अलआउट भएको छ । नेपालले ४९.३ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको हो ।

आईतबार कीर्तिपुर मैदानमा सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छदै १ सय ७२ रनमा समेटियो । नेपालको इनिङ्समा कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस