माघ २९, काठमाडौं । नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित हुनुभएकाे छ । एमाले रौतहट जिल्ला कमिटीकाे दशौं जिल्ला अधिवेशन अन्तर्गत साेमबार भएकाे मतदानमा कुल १ सय ९३ मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।

उहाँका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १ सय ७५ मत मात्रै पाउनुभयाे । उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित हुनुभएकाे छ । सचिवमा बाबुराम दाहाल र उपसचिवमा अवधेश कुमार यादव विजयी हुनुभएकाे छ ।
जिल्ला अधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ २५ गते उद्घाटन गर्नुभएकाे थियाे ।