माघ २५, काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो।

प्रहरीले सूचना जारी गर्दै खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरेको छ। यस्तै कार्यालय सहयोगीमा भान्सेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ।
चैत ९ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन्।
