• २०८३ मङ्सिर ७ गते आइतवार

नेपाल-क्यानडा एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको छ । क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै आइसीसी लिग टूको सुरुवात गर्नुअघि बिहीबार हुने क्यानडाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको हो ।

नेपालले बिहीबार, शनिबार र सोमबार क्यानडासँग ओडीआई सिरिज खेल्दै छ । क्यानडासँगको खेलका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा हुने नेपाल–क्यानडाबीचको खेल शृंखलाको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडी वन र डिसहोम गोमा हेर्न सकिने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस