• २०८३ बैशाख १९ गते शनिवार

स्क्वायर होटलकी सञ्चालक रोमी अर्याल पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौँ । ललितपुरको पुल्चोकस्‍थित स्क्वायर होटलकी सञ्चालक रोमी अर्याल पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरले होटलकी सञ्चालक अर्याललाई सोमबार पक्राउ गरेको हो।

गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनी अहिले पनि अचेत अवस्थामा छन् । परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए। यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ परेका थिइन् ।

अदालतले उनलाई अहिले हाजिर जमानीमा छाडेको छ। प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस