• २०८३ बैशाख ११ गते शुक्रवार

विमानस्थलका डिआइजी अर्जुन चन्दले दिए राजीनामा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । उनले किन राजीनामा दिए त्यस बारे पूर्ण विवरण बाहिर आएको छैन ।

विमानस्थलमा केही दिन यता प्रहरी र अध्यागमन कार्यालयका अधिकृतबिच असामान्य परिस्थिति उत्पन्न भएपछि डिआइजी चन्द विवादमा तानिएका थिए ।

यस विषयमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम ढकालसँग सम्पर्क राख्दा उनले यस विषयमा आफूलाई केही जानकारी नभएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस