माघ ४, बैतडी । बैतडीमा टिपर दुर्घटनामा सहचालकको मृत्यु भएकाे छ । मेलौली नगरपालिका-६ हतरंगास्थित सडकमा सु.प.प्र.०१००१ क २३९४ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा सहचालकको मृत्यु भएकाे हाे ।

बिहीबार बिहान दुर्घटना हुँदा सहचालक सोही नगरपालिका-१ नोर्खादेही बस्ने २० वर्षीय रोहीत दयालको मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।