• २०८३ मङ्सिर ७ गते आइतवार

फागुन ११ गतेबाट केपी ओली कप फुटबल हुने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ३, काठमाडौं । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै संघले केपी ओली कप–२०८० आगामी फागुन ११ गतेबाट सुरु हुने जनाएको हो।

एक साता चल्ने प्रतियोगिताको फाइनल फागुन १९ गते हुने संघ अध्यक्ष क्षितिज थेवले बताए। उनका अनुसार प्रतियोगिताको सेमी फाइनलसम्मका खेलहरु अखिल नेपाल फुटबल संघ (एन्फा) टेक्निकल सेन्टर च्यासलमा हुनेछ भने फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका तय भएको छ। संघ अध्यक्ष थेवेले खेल र मनोरञ्जनको माध्यमबाट मात्रै युवाहरूलाई एकमुष्ट रुपमा सकारात्मक सन्देश दिन सकिने भएकाले फुटबल प्रतियोगिताको सुरुवात गर्न लागेको बताए।

प्रतियोगितामा नेपालका ’ए डिभिजन’ तथा विदेशी टीमलाई समेत सहभागी गराइने जनाइएको छ। प्रतियोगितामा विजेताका लागि ट्रफी र पदकसँगै ११ लाख रुपैयाँ नगद पुरस्कार छ भने उपविजेता टिमले ५ लाख नगद पाउने छ।

त्यस्तै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १५ हजार नगद पाउने छन्। त्यस्तै हरेक खेलका विजेता टीमलाई २५ हजार नगद प्रदान गरिने छ।

Sharing

प्रतिक्रिया दिनुहोस