• २०८३ असार १३ गते शनिवार

घोडाघोडी सांगीतिक महोत्सवमा अस्मिता अधिकारी र अछामी रेखा आउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । कैलालीको घोडाघोडी सुखडमा जारी घोडाघोडी महोत्सवमा भोलि अश्मिता अधिकारी र अछामी रेखाको प्रस्तुति रहने भएको छ । त्यस्तै चर्चित एवम् लोकप्रिय हास्य कलाकार खन्टे खलासको प्रस्तुति रहने भएको छ ।

आयोजक घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीका अनुसार स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहने छ ।

सुखड बजार परिसरमा जारी महोत्सवमा खानाका विभिन्न परिकारहरू,थारु संस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस