• २०८३ जेष्ठ १ गते शुक्रवार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : आर्मीले मधेस प्रदेशलाई १२६ रनले हरायो

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ १, काठमाडौं । विनोद भण्डारीको शतकको सहयोगमा त्रिभुवन आर्मी क्लबलले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा आर्मीले मधेश प्रदेशमाथि १२६ रनको सहज जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९४ रन बनायो । मधेशका लागि पवन सरार्फले ६५ रनको अर्धशतकीय पारी खेले । ८३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै मयान यादवले ३४ रन बनाउँदा राजेश यादवले ३२ रनको योगदान गरे । आर्मीका लागि साहव आलमले चार विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा जितेन्द्र मुखिया र कुशल मल्लले एक–एक विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३२० रन बनायो । आर्मीका लागि विनोद भण्डारीले ११३ रनको शतकीय पारी खेले । ९३ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै सन्तोश कार्कीले ४२ रन बनाउँदा बिवेक यादव र कुशल मल्लले समान ३७–३७ रनको योगदान गरे । मधेशका लागि रन्जित कुमारले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर बलिङ गरेर ४१ रन खर्चे । त्यस्तै विशाल पटेलले दुई विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस