• २०८३ मङ्सिर ३ गते बुधवार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, कास्की। पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस