पौष २९, बर्दिया । मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोक बस्ने ७५ वर्षीया चिन्की थरुनीको आगोले जलेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।