• २०८३ असार १० गते बुधवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ५, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्घाखाँची साबिक सिमलपानी गाविस-५ घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई घटनाको ७ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

बिक समेतले २०७४ पुस ३० गते दिउँसो मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका-१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस-७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिबर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगी रहेको खुल्न आएको छ ।

जगतलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

May be an image of 1 person and text that says 'Press Release काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौं Kathmand nvestigation kathmandu "कर्तब्य ज्यान मुद्धामा फरार अभियुक्त बर्ष पछी पक्राउ" घटना विवरण:- मिति २०७४/०९/३० गते १६:१५ बजेको समयमा जिल्ला मकवानपुर हाँडिखोला बडा नं.-8 भएकी अप्सरा नारायणी तिमिल्सिनालाई जिल्ला धादिड मुलपानी भएको वर्ष ४६ शिवराम अधिकारी जिल्ला अर्घाखाँची सिमलपानी अंकित बि.क.ले मन्दिर हत्या रहेकोमा निजहरुको शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा परिबर्तन अर्जुन अधिकारीको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी टोलिले त्रिभुवन अन्तराष्ट्रय बिमानस्थलबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागी प्रहरी कालिमाटी पठाईएको। अंकित भन्ने जगत बि.क. ३७ अर्घाखाँची सिमलपानी मिति२०८०/०९/०५गते सूचना अधिकारी प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी ९८५१२८००१३ mpcdspokesperson@gmail.com'

Sharing

प्रतिक्रिया दिनुहोस