• २०८३ असार ७ गते आइतवार

पोखराबाट उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि राेकियाे उडान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, पोखरा। पोखराबाट काठमाडौं उड्न लागेको बुध्द एयरको जहाजको इमर्जेन्सी ढोका यात्रुले खोलेपछि उडान रोकिएको छ । बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन्।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ । बुध्द एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेका छन् ।

प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दै छन्। यात्रुलाई अर्को जहाजबाट काठमाडौँ ल्याउन लागिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस