• २०८३ जेष्ठ ६ गते बुधवार

२९ औं महानगर दिवस भव्य रुपमा सम्पन्न

विभिन्न व्यक्तिहरू राष्ट्रिय व्यक्ति पुरस्कारबाट सम्मानित (सूचीसहित)
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौं । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ। शुक्रबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा एक समाहरोह गरी महानगर दिवस मनाइएको हो।

महानगरले राष्ट्रियस्तरमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई राष्ट्रिय व्यक्ति पुरस्कारबाट सम्मान गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित रहेको कार्यक्रममा सांसद, मेयर, प्रहरी, खेलाडीहरू उपस्थित थिए।

सम्मानित हुनेहरू:
सन्दुक रूइत (वरिष्ठ नेत्र विशेषज्ञ)
मनीषा कोइराला (कलाकार)
दुर्गालाल श्रेष्ठ (जनकवि)
वैकुण्ठ मानन्धर (म्याराथन)
मनोहरलाल भण्डारी (स्ट्रक्चरल इञ्जिनियर)
मीरा चौधरी (एआइजी)
बालगोपाल महर्जन (पूर्वकप्तान फुटबल)
पारस खड्का (पूर्वकप्तान क्रिकेट)
एरिका गुरूङ ( कराते)
सदिना श्रेष्ठ (महिला बास्केटबल कप्तान)

Sharing

प्रतिक्रिया दिनुहोस