• २०८३ बैशाख ८ गते मङ्गलवार

संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पाण्डेयको नाम सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबार राजीनामा दिएका हुन् ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार उनको राजीनामा स्वीकृत भइसकेको छ ।

संघीय संसद्को महासचिवमा पाण्डेयको नाम सिफारिस
संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हाल संघीय संसद्का सचिव रहेका पाण्डेयलाई महासचिवका लागि सिफारिस गरेका हुन्।

संघीय ससंद्को सचिव हुनुअघि पाण्डेय महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायधिवक्ता थिए।

Sharing

प्रतिक्रिया दिनुहोस