• २०८३ बैशाख ३१ गते बिहिवार

जुवातास खेल्दाखेल्दै सात जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं। काठमाडाैंबाट जुवातास खेल्दाखेल्दै सात जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका-३० मैतीदेवी बस्ने ४६ बर्षीय निरज खड्गीको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्गी समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस