• २०८३ भाद्र ७ गते आइतवार

यू-१९ एसिया कप : आज नेपालले पाकिस्तानसँग खेल्दै

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट आज शुक्रबारबाट सुरु हुदैछ । यूएईमा शुक्रबारदेखि पुस १ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् ।

नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । दुबईमा हुने खेल नेपाली समय अनुसार सवाँ ११ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।

राष्ट्रिय टिमबाट खेलेका गुलसनको उपस्थितीले नेपाली टिम थप सन्तुलित देखिन्छ । नेपालले समूह चरण पार गर्ने लक्ष्य राखेको छ ।

नेपाली टिम
देव खनाल (कप्तान), गुलसन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, विशाल बिक्रम केसी, सुबास भण्डारी, दिपक बोहोरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द, प्रशिक्षक जगत टमाटा

Sharing

प्रतिक्रिया दिनुहोस