• २०८३ भाद्र २९ गते सोमवार

२०८४ अघि नगरपालिका पार्टीको कब्जामा आउने प्रचण्डकाे दाबी

जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत तारकेश्वर नगरकमिटिको आयोजनामा बिशेष प्रशिक्षण कार्यक्रम अध्यक्षको प्रमुख आथित्यमा सम्पन्न
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २१, काठमाडौँ । जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत तारकेश्वर नगरकमिटिको आयोजनामा बिशेष प्रशिक्षण कार्यक्रम प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को प्रमुख आथित्यमा सम्पन्न भएकाे छ । बिहीबार तारकेश्वर नगरपालिकास्तरीय पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले अबको एक वर्ष विकासको मोडालिटी र आर्थिक समृद्धिमा सरकारको ध्यान केन्द्रित हुने बताएका छन् ।

उनले एक वर्ष वर्तमान सरकारले निरन्तरता पाउँदा विकासको मोडालिटी र बजेटको विषयमा बेग्लै तरिकाले प्रस्तुत गरेको जिकिर गरे । प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखेर हौसिएका प्रचण्डले यही रफ्तारमा विचार र कार्यशैलीको हिसाबले लिड गर्न सके २०८४ अघि नगरपालिका पार्टीको कब्जामा आउने दाबी गरे ।

May be an image of one or more people and crowd

‘पहिलो पटक उपस्थित भएको यस कार्यक्रममा कार्यकर्ताहरूको उपस्थिति, उत्साह र आत्मविश्वास देख्दा म निकै खुशी भएको छु । आगामी दिनमा अभियानलाई निरन्तरता दिन सक्यौं, विचार र कार्यशैलीको हिसाबले लिड गर्न सक्यौं भने २०८४ नपुग्दै यो तारकेश्वर नगरपालिका पार्टीको नियन्त्रणमा लिने विश्वास व्यक्त गर्छु’, उनले भने । करिब डेढ घण्टा प्रशिक्षण दिएका उनले सरकारले गरेको काम, अभियानको उद्देश्य, पार्टीको आगामी योजना र कार्यक्रमबारे धारणा राखेका थिए ।

No description available.

नगर अध्यक्ष जगन्नाथ राजबहाकले अध्यक्षता गरेकाे कार्यक्रमको संचालन नगर इन्चार्ज राम कुमार थापाले गरेका थिए भने नगर उपाध्यक्ष प्रकाश फुयांलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

Sharing

प्रतिक्रिया दिनुहोस