• २०८३ बैशाख १५ गते मङ्गलवार

यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौँ । नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । एक कार्यक्रमका बिच क्यानले खादा ओढाएर खेलाडीलाई बिदाइ गरेको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अब्बल प्रस्तुति दिन शुभकामनासमेत दिए । देव खनालको कप्तानीमा नेपाली टोली प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता आगामी ८ डिसेम्बरदेखि यूएईमा सुरु हुँदैछ । नेपाल समूह ए मा अफगानिस्तान, भारत र पाकिस्तानसँगै रहेको छ ।

नेपाली टोली
कप्तान देव खनाल, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द

Sharing

प्रतिक्रिया दिनुहोस