• २०८३ भाद्र १३ गते शनिवार

प्रधानमन्त्रीद्वारा अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा नेपाली समुदायको हितमा भए/गरेका काम कारबाहीको जानकारी लिएका छन् ।

उनले दूतावासका अधिकारीहरुलाई सेवाप्रवाह अझ प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन बुधबार राति दुबई गएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस