कात्तिक १९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । विवादस्पद अभिव्यक्ति दिएपछि साइबर ब्यूरोले बोलाएको थियो ।

बोलाउँदा नआए पक्राउ गर्ने तयारी गरेपछि प्रसाईं आफैं प्रहरी कार्यालयमा पुगेका हुन्। प्रसाईंले सामाजिक सञ्जाल तथा मिडियाहरूमार्फत् मारवाडी समुदायको चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रसाईंविरुद्ध उजुरी दिएपछि प्रहरीले व्यूरोमा बोलाएको हो ।