कात्तिक १९, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हाे ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ बनाए । पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो । यस्तै र गुल्सन झाले ५४ रन बनाए उनले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अर्धशतक गरे । उनकाे यो टी-२० आईमा पहिलो अर्धशतक हो ।