• २०८३ बैशाख ४ गते शुक्रवार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि भएको ठूलो मानवीय र भौतिक क्षतिबारे छलफल गर्न आइतबार बिहानका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

स्थलगत निरीक्षणका लागि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिममा गएका प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ८ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको हुन ।

उक्त बैठकमा भूकम्पको क्षतिबारे छलफल हुनुका साथै पीडितहरूलाई राहत, उद्धार तथा पुनर्स्थापनाबारे थप निर्णय हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस