• २०८३ कार्तिक २१ गते शुक्रवार

टी–२० विश्वकप छनोट : नेपाल ५ रनले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।

ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो । ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन। ओमानका बलरले सुरुवात देखिनै दबाबमा राख्न सफल भए।

अन्तिम बलमा १५ रन बनाएर खेलिरहेका करण केसी क्याच आउट भए। अविनाश बोहराले १ रन बनाए। नेपालका लागि सन्दीप लामिछाने २ रन, सन्दीप जोरा १२ रन, गुलशन झा ३ रन, कुशल मल्ल १० रन, कप्तान रोहित पौडेल १२ रन, सोमपाल कामी १२ रन, कुशल भुर्तेल २६ रन र आशिफ शेख ५ रन बनाएर आउट भए।

Sharing

प्रतिक्रिया दिनुहोस