• २०८३ जेष्ठ ३१ गते आइतवार

युएईविरुद्ध कप्तान देव खनालको शतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ७, काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले शतक प्रहार गरेका छन् । युएईविरुद्धको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कप्तान खनालले ९० बलमा शतक प्रहार गरेका हुन् ।

यस प्रतियोगिता खनालको दोस्रो शतक हो । उनले यसअघि इरानविरुद्ध शतक बनाएका थिए । यस खेलमा यो समाचार तयार गरुन्जेल नेपालले ३५ ओभरमा ३ विकेट गुमाएर १८३ रन बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस