• २०८३ बैशाख २० गते आइतवार

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी भगवतीको पूजाआराधना गरिँदै

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २९, काठमाडौ‌ । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछ । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्ल पक्षका तिथिहरुलाई गुप्त नवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । विशेषगरी आश्विन शुक्ल पक्षमा पर्ने शारदीय नवरात्त्रको शास्त्रमा अधिक महत्व बताईएको छ ।

नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ । जुन आज गर्नुपर्ने हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस