• २०८३ जेष्ठ २८ गते बिहिवार

सांसद सञ्जय सिंह पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, दिल्ली। भारतको आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ परेका छन्। दिल्लीको मदिरा घोटाला प्रकरणमा उनलाई प्रवर्तन निदेशालय (ईडी) ले गिरफ्तार गरेको हो।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो। ईडीले बुधबार बिहान सञ्जय सिंहको घरमा छापा मारेको थियो। त्यस क्रममा केही घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो। उनीसँग झन्डै १० घण्टा सोधपुछपछि गरिएको थियो।

यसअघि आम आदमी पार्टीका नेता सत्येन्द्र जैन र मनिष सिसोदिया पनि पक्राउ परेका छन्। मनिष सिसोदिया हाल जेलमा छन्, तर सत्येन्द्र जैन उपचारका लागि धरौटीमा रिहा भएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस